शीर्ष स्थानमा रहँदै मेलबर्न क्वालिफारमा, सिक्सर्सविरुद्ध सन्दीपले लिए एकै ओभरमा २ विकेट

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स बिगबास लिगको क्वालिफायरमा प्रवेश गरेको छ । १२ खेलमा १० जित निकाल्दै शीर्ष स्थानमा रहँदै मेलबर्न २ खेल अगावै क्वालिफायरमा पुगेको हो ।

मेलबर्न २० अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको सिड्नी सिक्सर्सको १५ अंक छ । सिक्सर्सले सबै खेल जित्ने र मेबलर्न दुवै खेलमा पराजित भए पनि मेबलर्नले शीर्ष स्थानमा १ अंकको अग्रता बनाउने छ । तेस्रो स्थानमा रहेको एडिलेड स्ट्राइकर्सको १३ छ भने १२ अकंका साथ पर्थ स्कोचर्स चौथो स्थानमा छ ।

सन्दीपले लिए एकै ओभरमा २ विकेट

सोमबार सिड्नी भएको खेलमा मेलबर्न स्टार्स सिड्नी सिक्र्ससँग २१ रनले पराजित भयो । तर, सो खेलमा सन्दीपले भने उत्कृष्ट बलिङ गरे । सिड्नीविरुद्ध सन्दीपले आफ्नो पहिलो ओभरमै २ विकेट लिँदै मेलबर्नलाई सुखद् सुरुवात दिलाएका थिए ।

सन्दीपले ३ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । उनले आफ्नो पहिलो ओभरको ४ चौथो बलमा ड्यानिअल हग्स र अन्तिम बलमा जोश फिलिपेको विकेट लिएका थिए । त्यो ओभरमा सन्दीपले ३ रन दिएका थिए । यस्तै, सन्दीपले दोस्रो ओभरमा ११ रन दिए भने अन्तिम ओभरमा भने २४ रन दिएका थिए । योसँगै सन्दीपले बिग बासमा ११ खेलमा १४ विकेट लिएका छन् ।

मेबलर्नको दोस्रो हार

सन्दीपको टिम मेबलर्न स्टार्सले प्रतियोगितामा दोस्रो हार बेहोरेको छ । सोमबार भएको वर्षा प्रभावित खेलमा मेलबर्न सिड्नी सिक्सर्ससँग २१ रनले पराजित भयो । वर्षाका कारण १४ ओभरमा झारिएको खेलमा १४४ रनको ठूलो लक्ष्य पछ्याएको मेलबर्नले ५ विकेट गुमाउँदै १२५ रन मात्र बनाउन सक्यो ।

मेलबर्नका लागि मर्कस स्टोइनिसले पुनः एकपटक अर्धशतकीय इनिङ खेले । उनले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६२ रन बनाए भने हिल्टन क्याटराइटले १० बलमा २१ रन बनाए भने निक माडिन्सले १६ र कप्तान ग्लेन म्याक्सवेलले १२ रन बनाए । सिक्सर्सका बेन ड्वार्सुइस र टम कुरानले सामान २ विकेट लिए ।

यसअघि मोरिस हेनरिक्सले विस्फोटक इनिङ खेलेपछि सिक्सर्सले १४ ओभरमा ४ विकेट गुमाउँदै १४३ रन बनायो । कप्तान हेनरिसक्सले ३१ ब्लमा २ चौका र ८ छक्का प्रहार गर्दै ७२ रन बनाए भने जेम्स भिन्सले २२ बलमा ४१ रन बनाए । यी दुईले तेस्रो विकेटका लागि कीर्तिमानी ११४ रनको साझेदारी गर्दै टिमलाई बलिायो अवस्थामा पु¥याए । मेलबर्नका लागि सन्दीपले २ विकेट लिए भने ड्यानिअल वारले १ विकेट लिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.