आईपिएल क्लब चेन्नई सुपर किंग्सका खेलाडीसहित १० जनालाई कोरोना संक्रमण देखिएको छ । आईपिएलमा सहभागी हुने युएई पुगेका चेन्नईका खेलाडी र स्टाफ गरी १० जनामा कोरोना संक्रमण पुष्टी भएको हिन्दूस्तान टाइम्सले उल्लेख गरेको छ ।
उसका अनुसार युएई पुगेका चेन्नईका खेलाडीसहित सम्पूर्ण स्टाफको बिहीबार कोरोना परीक्षण गरिएको थियो । त्यसको रिपोर्ट शुक्रबार आउँदा केही खेलाडीसहित १० जनामा कोरोना देखिएको हिन्दूस्तान टाइम्सले लेखको छ ।
चेन्नईका खेलाडीसहित १० जनामा कोरोना पुष्टी भएपनि तीमध्ये कति खेलाडी, कति स्टाफ भन्ने खुलेको छैन । यस सम्बन्धमा चेन्नइले भने केही उल्लेख गरेको छैन ।
चेन्नइको सम्पूर्ण टिम २१ अगस्तमा युएई पुगेको थियो । बिसिसिआई नियम अनुसार एक साता क्वारेन्टिनमा बसेपछि तीन पटक अनिवार्य कोरोना परीक्षण गराउनु पर्छ । सोही अनुसार बिहीबार तेस्रो कोरोना परीक्षण गरिएको थियो ।

चेन्नइका सम्पूर्ण स्टाफको चौथो परीक्षण शुक्रबार नै गरिएको र रिपोर्ट शनिबार आउने बताइएको छ । खेलाडीसहित स्टाफमा कोरोना देखिएपछि चेन्नईको टिमले अझै एक साता क्वारेन्टिन बस्नु पर्ने भएको छ ।
तीन पटकको आईपिएल विजेता चेन्नईमा महेन्द्रसिंह धोनी, सुरेश रैना, अम्बाति रायाडु, दीपक चहर, ड्वान ब्राभोलगायत खेलाडी छन् ।
कोरोना भाइरसका कारण यस पटकको आईपिएल युएर्इृ हुन लागेको हो । आइपिएल १९ सेप्टेम्बरबाट सुरु भई १० नोभेम्बरसम्म चल्ने छ । बिसिसिआईले अहिलेसम्म तालिका भने सर्वाजनिक गरेको छैन ।