डिपेको गोलमा हारबाट जोगियो बार्सिालेना

स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा मेम्फिस डिपेको गोल मद्दतमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकियो।

बिल्बाओको मैदानमा अग्रता पनि बिल्बाओले लियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इनिगो मार्टिनेजले ५०औं मिनेटमा गोल गर्दै बिल्बाओलाई अग्रता दिलाए। उनले इकर मुनियनको पासमा गोल गरेका थिए।

खेलको ७५औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगए । उनले सर्जियो रोबर्टोको पासमा गोल गरेका थिए। खेलको अन्त्य बार्सिलोनाले १० खेलाडीमा रहेर ग¥यो । इन्जुरी समयको तेस्रो मिनेटमा उसका युवा डिफेन्डेर इरिक गार्सियाले खराब ट्याकलका कारण सिधै रातोकार्ड पाएका थिए।

खेलमा बार्सिलोना बल पोजेसन राम्रो बनाएपछि बिल्बाओको पोष्टमा पर्याप्त आक्रमण गर्न सकेन । उसले ६८ प्रतिशत बल पोजेसन बनाउँदै ९ सट प्रहार गर्दा ३ सट मात्र फ्रेममा थियो । यता, बिल्बाओले १६ सट प्रहार गरेकोमा ७ सट फ्रेममा थियो।