पिएसजीले विश्व च्याम्पियन मेसीलाई दियो ‘गार्ड अफ अनर’

Read Time:1 Minute

अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाए फर्किएका स्टार लियोनल मेसीलाई फ्रेन्च क्लब पिएसजीमा भव्य स्वागत गरिएको छ। पिएसजीले मेसीलाई उच्च सम्मान गर्दै ‘गार्ड अफ अनर’ प्रादन गरेको छ।

विश्वकपपछि प्रशिक्षणमा फर्किएका मेसीलाई पिएसजीले बुधबार ‘गार्ड अफ अनर’ दिएको हो । गार्ड अफ अनरलाई खेलकुदमा विशिष्ट सम्मानमा रूपमा लिइन्छ।

घरेलु मैदानमा नेइमारसहित सहकर्मी खेलाडीहरुले उभिएर मेसीलाई सम्मान गरेका गरेका थिए भने खेल स्टाफ लुइस कम्पोसले उनलाई गार्ड अफ अनरको ट्रफी हस्तान्तरण गरेका थिए। 

प्रशिक्षणमा फर्किएपछि मेसीले आफूलाई गरेको स्वागतका लागि क्लबलाई धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘म सबै कर्मचारी, मेरो टोलीका साथीहरूबाट मलाई दिएको सम्मानको लागि सबैलाई धन्यवाद दिन चाहन्छु। म खुसी छु, र आगामी चुनौतिको लागि तयार हुनेछु,’ उनले भने।

मेसीको कप्तानीमा अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई हराउँदै ३६ वर्षपछि विश्वकप जितेको हो। मेसीले विश्वकपमा उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बलसमेत जितेका थिए।

सन् २०२१ मा बार्सिलोनाबाट फ्रि एजेन्टमा फ्रान्स पुगेका मेसीले कम्तिमा २०२३–२४ सिजन पीएसजीमा खेल्ने योजना बनाएका छन्।

Happy
Happy
86 %
Sad
Sad
0 %
Excited
Excited
9 %
Sleepy
Sleepy
0 %
Angry
Angry
3 %
Surprise
Surprise
3 %
Previous post केन चम्किँदा टोटनहमको सानदार जित
Next post साेमपालकाे घातक बलिङमा पोखरालाई हराउँदै जनकपुर प्लेअफमा
Close