°
, May 30, 2023 in

अर्जेन्टिनाको जितमा मेसीको ह्याट्रिक, बने सय गोल गर्ने तेस्रो खेलाडी

SHARE:

मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी भएको छ। बुधबार बिहान भएको खेलमा कप्तान लियोनल मेसीले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले कुराकाओलाई ७–०ले हरायो ।

खेलमा अर्जेन्टिनालाई जित दिलाउन मेसीसँगै निकोलु गोन्जालेज, एन्जो फर्नान्डेस, एन्जेल डि मारिया, गोन्जालो मोन्टेलले पनि गोल गरे।

२०औं मिनेटमा मेसीको गोलमा खेलमा अर्जेन्टिनाले अग्रता लियो । योसँगै मेसीले राष्ट्रिय टिमका लागि सय गोलको कोशेढुंगा भेट्टाए। मेसी अन्तर्राष्ट्रिय फुटबलमा सय गोल गर्ने तेस्रो खेलाडी हुन्। उनीभन्दा अघि इरानका अली दाई र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि यो उपलब्धि हासिल गरेका छन्।

२३औं मिनेटमा गोन्जालेजले अर्जेन्टिनाको अग्रता दोब्बर बनाए। त्यसपछि ३३औं र फर्नान्डेसले ३५औैं मिनेटमा गोल गरेपछि अर्जेन्टिनाले खेलमा ४–०को अग्रता लियो । ३७औं मिनेटमा मेसीले आफ्नो ह्याट्रिक पुरा गरे। मेसीले १७४ खेलमा अर्जेन्टिनाका लागि १०२ गोल गरेका छन् ।

त्यसपछि डि मरियाले ७८औं र मोनिटेलले ८७औं मिनेटमा गोल गरेपछि अर्जेन्टिनाले ७–०को सहज जित निकाल्यो।

SHARE: