अर्जेन्टिनी स्टार लिओनल मेसी र विश्व विजेता अर्जेन्टिनी फुटबल टिमले लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्ड प्राप्त जितेका छन्।
मेसीले ‘मेन्स स्पोर्ट्स पर्सन अफ दि इअर’को अवार्ड जित्दा उनीसहितको टिमले ‘टिम अफ दि इअर’को अवार्ड प्राप्त गरे। मेसी एकै संस्करणमा दुई लाउरेस अवार्ड जित्ने पहिलो खेलाडी समेत बने।
मेसीको कप्तानीमा अर्जेन्टिनाले गत डिसेम्बरमा कतारमा भएको फिफा विश्वकप जितेको थियो। कतार विश्वकपमा ७ गोल गरेका मेसीले उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल समेत जितेका थिए।
यस्तै महिलातर्फ जमैकन स्प्रिन्टर शेली अन फ्रेजर प्राएसले लाउरेस अवार्ड प्राप्त गरिन्। उनले ओरेगनमा जुलाईमा भएको वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपमा १०० मिटर दौडमा स्वर्ण जितेकी थिइन्। उनी वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपमा ट्रयाक एण्ड फिल्डमा ५ स्वर्ण जित्ने पहिलो महिला खेलाडी हुन्।
यस्तै लाउरेस वर्ल्ड ब्रेथग्रो अफ दी इअरको अवार्ड स्पानिस युवा टेनिस खेलाडी कमर्लोस अल्कारेजले प्राप्त गरे भने कमब्याक अफ दि इअरको अवार्ड डेनिस फुटबलर क्रिस्टियन एरिक्सनले पाए ।
डिसाबिलिटी अवार्ड क्याथरिन डेब्रनर र एक्सन स्पोर्ट्सपर्सन अफ दि इअरको अवार्ड एलिन गुले जितिन् ।