°
, June 2, 2023 in

बिबिसिले दियो मेसीलाई वर्ल्ड स्पोर्टस् स्टार अफ द इयर अवार्ड

SHARE:

विश्वकप उपाधि जितेको २४ घण्टा नबित्दै अर्जेन्टिनी सुपरस्टार मेसीले अर्को ठूलो अवार्ड प्राप्त गरेका छन्। मेसीलाई बीबीसी स्पोर्टस् पर्सनालिटी अन्तर्गत वर्ल्ड स्पोर्टस् स्टार अफ द इयर दिएको हो।

३५ वर्षीय मेसीले आइतबार कतारमा अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप उपाधि दिलाएका थिए । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै तेस्रो पटक उपाधि जित्दा मेसीले उत्कृष्ट प्रदर्शन गरेका थिए।

मेसीको यो पहिलो विश्वकप उपाधि हो । मेसीले कतार विश्वकपमा गोल्डेन बल समेत जितेका थिए । मेसीले यस विश्वकपमा ७ खेलमा ७ गोल गरे । उनले ७ मध्ये ६ खेलमा गोल गरेका थिए भने फाइनलमा २ गोल गरेका थिए।

विश्वकप उपाधि जितेपछि मेसी विश्वकै महान खेलाडीको सूचीमा समावेश भएका छन् र पेले र म्याराडोनाको लेभलमा पुगेका छन् । मेसीले गत वर्ष अमेरिकाका लागि कोपा अमेरिका जितेका थिए।

SHARE: