°
, June 4, 2023 in
0

मेसीले कोम्यानलाई भने– मलाई बाहिर राखेर योजना बनाउनुस्

SHARE:

अर्जेन्टाइनट स्टार स्ट्राइकर लियोनल मेसीले आफूलाई बाहिर राखेर योजना बनाउन नवनियुक्त प्रशिक्षक रोनाल्डे कोम्यानलाई सुझाव दिएका छन् । मेसीले मंगलबार क्बल पदाधिकारीहरुसँगको कुराकानीका क्रममा कोम्यानलाई नयाँ सिजनका लागि आफूविनै योजना बनाउन सुझाएको अन्तर्राष्ट्रि सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

विगत एक सातादेखि अर्जेन्टाइन स्टार लियोनल मेसीले बार्सिलोना छाड्ने कुरा व्यापक चर्चामा छ । र, मेसीलाई भित्र्याउन थुप्रै क्लबले चासो पनि देखाएका छन् ।

मेसीले बार्सिलोना छाड्ने चर्चा अहिलेमात्र भएको होइन, अघिल्लो सिजनदेखि नै मेसीले बार्सिलोना छाड्ने चर्चा चलेको हो । क्लबको बोर्डले आफ्नो योजनाअनुसार खेलाडी अनुबन्धन नगरेपछि मेसीले बार्सिलोना छाड्न चाहेका हुन् ।

यो सिजन बार्सिलोना उपाधिबिहीन बनेको छ, त्यसैले पनि मेसी निराश छन् । यस्तै, च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग लज्जस्पद रुपमा ८–२ले पराजित भएपछि मेसीले बार्सिलोना चर्चा व्यापक भएको छ ।

यही चर्चाबीच मेसीले क्लब पदाधिकारीहरु भेट गरेर आफूले क्लब चाहेको बताएपछि मेसीको क्याम्प नेउबाट बाहिर्गमन पक्का जस्तै भएको छ । मेसीले आफु क्लब छाड्न इच्छुक रहेकाले त्यसका लागि मार्ग प्रशस्त गरिदिन अनुरोध गरेको बताइएको छ ।

बार्सिलोनासँग मेसीको सम्झौता अझै १ वर्ष बाँकी छ । र, समरमै क्लब छाड्ने चाहना राखेका छन् । क्लब छाड्ने योजना रहेको सुनाउँदै मेसीले नयाँ चुनौतीको खोजी गरिरहेको पनि बताएका छन् । मेसीले क्लबका पदाधिकारीलाई भेटेर आफ्नो २० वर्षको बार्सिलोनाको करियरलाई अन्त्य गर्ने चाहना राखेका हुन् ।

मेसीले प्रशिक्षक कोम्यानलाई पनि भेटेर आफूले क्लब छाड्न चाहेको बतएका छन् । कोम्यान प्रशिक्षक बनेलगत्तैको भेटमा पनि मेसीले कोम्यानसमक्ष यस्तै चाहना राखेका थिए । उनले कोम्यानलाई भनेका छन्, ‘म क्लब छाड्न चाहन्छु । नयाँ योजनामा मलाई नराख्नुस्, मलाई आफ्नो योनजाभन्दा बाहिरै राख्नुस् ।’

मेसीलाई भित्र्याउन प्रशिक्षक पेप ग्वार्डिओलाले चासो दिएका छन् । उनको म्यान्चेस्टर सिटीले मेसी अनुबन्धनको औपचारिक प्रस्ताव गर्ने तयारी गरिरहेको बताइन्छ । यस्तै, इटालियन क्लब इन्टर मिलान र फ्रेन्च क्लब पिएसजीले मेसीमा चासो दिएका छन् ।

धेरै क्लबले मेसीलाई भित्र्याउन चासो देखएपनि यो त्यति सहज भने छैन । बार्सिलोनो मेसीको ‘रिलिज कज’ ६३५ मिलिन युरो राखेकाले पनि मेसीको ट्रान्सफर समस्यामा केही समस्या पैदा गर्ने छ ।

मेसीले बार्सिलोनाबाट ७३१ खेलमा ६३४ गोल गरेका छन् । उनले बार्सिलोनोका सिनियर टिममा १६ सिजन बिताउँदा १० ला लिगा, ७ सुपर कोपा डे स्पाना, ६ कोपा डेल रे, ४ च्याम्पियन्स लिग, ३ फिफा क्लब विश्वकप र ३ सुपर कप उपाधि जितेका छन् ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *