सन् २०२०को बालोन डि’ओभर अवार्ड कोरोना महामरीले प्रभावित भयो । त्यसैले सो अवार्ड रद्द गरियो । सन् २०२१ अवार्ड भने सोमाबार राति पेरिसमा भयो । र, अवार्ड लियोनल मेसीले कीर्तिमानी सातौं पटक जिते।
सातौं पटक बालोन डि’ओर जितेपछि बोल्दै मेसीले सन् २०२० को अवार्ड बायर्न म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई दिनुपर्ने बताए । मेसीले भने, ‘तपाईं गत वर्ष यो अवार्डको हकदार हुनुन्थ्यो । त्यो सबैले मानेका पनि थिए । मेरो विचारमा फ्रान्स फुटबलले तपाईँको हक लाग्ने बालोन डि’ओर दिनुपर्छ।’
सातौं पटक बालोन डे’ओर जित्दा लेवान्डोस्कीसँगै प्रतिस्पर्धा गरेका मेसीले उनीसँग प्रतिस्पर्धा गर्नु आफ्ना लागि सम्मान भएको पनि बताए।
सन् २०२०मा लेवान्डोस्कीले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले बायर्नबाट च्याम्सिन्स लिगसँगै बुन्डेस लिगा पनि जितेका थिए । सो सिजन उलने ५५ गोल गरेका थिए ।