°
, June 2, 2023 in

मेसीको कीर्तिमानमा सुनिल क्षेत्रीको नजर

SHARE:

एसियन कप छनोटमा भारतले शनिबार राति अफगानिस्तानको सामाना गर्दै छ । अफगानिस्तानविरुद्धको खेलअघि भारतीय कप्तान सुनिल क्षेत्रीको नजर अर्जेन्टिनी स्टार लियोनल मेसीको कीर्तिमान छ।

सक्रिय फुटबल खेलिरहेका ३७ वर्षीय सुनिलले ८२ गोल अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्। र, उनी अन्तर्राष्ट्रिय गोलमा मेसीलाई पछ्याइरहेका छन्। मेसीले ८६ गोल गरेका छन्। यदि एसियन कप छनोटका बाँकी दुई खेलमा चार गोल गर्नसके सुनिनले मेसीको कीर्तिमान बराबरी गर्नेछन्।

भारतको सर्वाधिक गोलकर्ता रहेका सुनिलले १२७ क्याप जित्दा ८२ अन्तर्राष्ट्रिय गोल गरेका छन्। उनी विश्वको सर्वाधिक गोलकर्ताको सूचीमा छैटौं स्थानमा रहेका छन्। उनीभन्दा अघि क्रिस्टियानो रोनाल्डो (११७), अली दाइ (१०९), मोख्तर दाहरी (८९), मेसी (८६) र फ्रांन्क पुस्कास (८४) रहेका छन्।

SHARE: