°
, May 29, 2023 in

मेसीको अर्को रेकर्ड, बने विश्वकपका सबै नकआउट खेलमा गोल गर्ने पहिलो खेलाडी

SHARE:

अर्जेन्टिनाका लियोनल मेसीले कतारमा जारी विश्वकप २०२२ को च्याम्पियन मात्र बनेनन्, रेकर्डहरुको बाढि नै ल्याउन सफल भएका छन्। फ्रान्सविरुद्धको फाइनलमा दुई गोल गरेका मेसी एउटै विश्वकपको नकआउट चरणका हरेक खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

उनले अस्ट्रेलियाविरुद्धको प्रिक्वार्टरफाइनलमा १ गोल गरेका थिए भने नेदरल्यान्ड्सविरुद्धको क्वार्टरफाइनलमा पनि पेनाल्टीमार्फत् १ गोल गरेका थिए। यस्तै, गत संस्करणको उपविजेता क्रोएसियाविरुद्धको सेमिफाइनलमा पनि उनले पेनाल्टीबाटै १ गोल गरेका थिए।

फ्रान्सविरुद्धको सेमिफाइनलमा भने उनले २ गोल गरे। २३औं मिनेटमा पेनाल्टी मार्फत् अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका उनले १०८औं मिनेटमा फेरि दोस्रो गोल गरेका थिए।

फ्रान्सविरुद्धको मेसीको गोल उनले कुनैपनि ठूला प्रतियोगिताको फाइनलमा गरेको पहिलो गोल समेत हो।

फ्रान्स र अर्जेन्टिनाबिचको फाइनल निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएपछि एक्स्ट्रा टाइममा पुगेको थियो। रोमाञ्चक भएको एक्स्ट्रा टाइमको खेल पनि ३–३ गोलको बराबरीमा टुंगिएपछि विश्वकप विजेता पेनाल्टी सुटआउट बाट टुंगो लागेको थियो।

पेनाल्टीमा अर्जेन्टिना ४ – २ गोलअन्तरले विजयी हुँदै विश्वच्याम्पियन बन्न सफल भयो।

SHARE: