°
, May 29, 2023 in
रोचकविश्वकप २०२२समाचार

विश्वकपमा मेसीका रेकर्डै रेकर्ड

SHARE:

अर्जेन्टिनी सुपरस्टार लियोन मेसीले फुटबल करियरलाई पेले र म्यारानोडाको स्तरमा पु¥याएका छन्। आफ्नै उत्कृष्ट प्रदर्शन मद्दतमा अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएसँगै मेसीले आफूलाई पेले र म्याराडोनाको लेभलमा उभ्याएका हुन्।

विश्वकपको उपाधि यात्रामा मेसीले थुप्रै रेकर्ड बनाएका छन्। कतार विश्वकपमा अर्जेन्टिनालाई च्याम्पियन बनाउने क्रममा मेसी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने, गोल्डेन बल प्राप्त गरे। पाँच विश्वकप खेलेका मेसीको यो विश्वकपको दोस्रो गोल्डेन बल हो। उनी विश्वकपमा दुई पटक गोल्डेन बल पाउने पहिलो खेलाडी हुन्। उनले यसअघि सन् २०१४मा पनि गोल्डेन बल पाएका थिए।

यसअघिका ४ विश्वकपमा ६ गोल मात्र गरेका मेसी यो विश्वकपमा खुबै फर्म देखिए । उनले कतारमा ७ खेलमा ७ गोल नै गरे। ती ७ मध्ये ५ गोल मेसीले नकआउटमा गरेका थिए। मेसी नकआउटका प्रत्येक खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

यस्तै, ५ विश्वकपमा कुल १३ गोल गरेका मेसी अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बने। यसक्रममा उनले ग्याब्रिअल बाटिस्टुटाको कीर्तिमान तोडे।

फ्रान्सविरुद्धको फाइनलसँगै मेसी विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन्। दुई विश्वकप फाइनलसहित कुल २६ खेल खेलेका मेसील लोथर म्याथुसको कीर्तिमान तोडेका हुन्।

SHARE: