°
, June 1, 2023 in

मेसीले तोड्लान् नकआउटमा गोलको खडेरी ?

SHARE:

विश्वकपको अन्तिम १६ मा आज अर्जेन्टिनाले एसियन राष्ट्र अस्ट्रेलियाको सामाना गर्दै छ। खेल अहमद बिन अली स्टेडियममा राति १२ः४५ बजे हुने छ।

खेलमा सबैको केन्द्रमा हुनेछन्, अर्जेन्टिनी कप्तान लियोनल मेसी । र, अस्ट्रेलियाविरुद्ध जित निकाल्दै क्वार्टरफाइनल पुग्ने अर्जेन्टिनाका मुख्य हतियार पनि उनै मेसी हुनेछन्।

विश्वकपमा २ गोल गर्दै मेसीले आफू फर्ममा रहेको संकेत गरेका छन्। तर, मेसीलाई विश्वकपमा एउटा खराब रेडर्कले पनि पछ्याइ रहेको छ।

त्यो हो नकआउटमा गोल गर्न नसक्नु । ५औं विश्वकप खेलिरहेका मेसीले अहिलेसम्म नकआउटमा गोल गर्न नसकेका छैनन्। मेसीले ५ विश्वकपमा २२ खेल खेल्दै ८ गोल गरेका छन्।

के मेसीले आज अस्ट्रेलियाविरुद्ध गोल गर्दै नकआउटमा गोलको खडेरी तोड्लान् ? यदि यस्तो भयो भने अस्ट्रेलियालाई हराउन अर्जेन्टिनालाई खासै गाह्रो हुने छैन ।

SHARE: