बार्सिलोना छाड्दै फ्रेन्च जाइन्ट पिएसजी पुगेका अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले आइबार लिग वान डेब्यू गर्न सक्ने बताइएको छ।
लिग वानमा आइतबार राति पिएसजीले रेइम्सको सामाना गर्दै छ । सोही खेलमार्फत मेसीले डेब्यू गर्न सक्ने प्रश्क्षिक माउरिसियो पोचेटिनेले बताएका छन्।
पोचेटिनोले यअसघि नै मेसीलाई डेब्यू गराउन हतार गर्ने बताएका थिए । प्रशिक्षणमा ढिला फर्किएकाले मेसीले पूर्णरुपमा फिट भएपछि मात्र डेब्यू गराउने उनले बताएका थिए।
रेइम्सविरुद्धको खेलअघिको प्रिम्याच कन्फ्रेन्समा बोल्दै पेचेटिनोले सबैकुरा सही रहे रेइम्सविरुद्ध मेसीले डेब्यू गर्ने बताए। उनले भने, ‘अहिले समय बाँकी छ, सबै सही भए रेइम्सविरुद्धको स्क्वाडमा मेसी हुनेछन् र डेब्यू पनि गर्नेछन्।’ रेइम्सविरुद्ध मेसीले दोस्रो हाफमा डेब्यू गर्न सक्ने बताइएको छ।
यो सिजन पिएसजीले स्टार खेलाडी अनुबन्धन गरेको छ। उसले मेसीसँगै सर्जियो रोमास, जियानलुइजी डोनारुमा, अचर्फ हाकिमी र जर्जिनियो विज्नाल्डमलाई अनुबन्धन गरेको थियो। ती मध्ये हाकिमी र विज्नाल्डमले सिजिनको सुरुवातमबाटै खेल्दै आइरहेका छन्।
अहिले पिएसजीमा मेसीको भन्दा बढी चर्चा एम्बापेको छ। उनी पिएसजी छाड्दै स्पेनिस क्लब रियल मड्रिड जाने लगभग पक्का भएको छ। यस्तै, उसले एम्बाप्पेले क्लब छाडे एभर्टनका रिचार्लिसन र बोरुसिया डर्टमन्डका एर्लिङ हालान्ड भित्र्याउने तायरी थालेको बताइएको छ।