मेसीले अहिले बार्सिलोना छाड्ने विषयमा पत्रकार सम्मेलन गरिरहेका छन्। बार्सा टिभीले प्रत्यक्ष प्रसारण गरिरहेको सो कार्यक्रममा मेसीले केही आफ्ना कुरा गरे भने केही प्रश्नको जवाफ दिइरहेका छन्।
कार्यक्रम सुरु भएर बोल्न थाल्दै गर्दा मेसीले आँसु थाम्न सकेनन्। उनी स्टेजमै रुन थाले।
बार्सासँग २० वर्षभन्दा लामो सम्बन्ध छुटेको घोषणा गर्नु वास्तवमै सजिलो थिएन मेसीलाई। मेसीले बार्सा छाड्दा अहिले धेरैको आँखामा आँसु छ। मेसी आफु पनि त्यसबाट टाढा रहन सकेनन्।
‘मलाई बार्साको असाध्यै माया लाग्छ। म क्लब छाड्न तयार थिइनँ र छैन पनि। म असाध्यै पीडामा छु,’ मेसीले कार्यक्रममा भने।
उनले यो दिनलाई आफ्नो जीवनकै सबैभन्दा कठिन घडी रहेको बताएका छन्। उनले बार्सामा डेब्यु गरेको दिन आफ्नो जिन्दगीको सबैभन्दा खुशीको दिन रहेको पनि बताएका छन्।
कार्यक्रम अझै चलिरेहेको छ। मेसी पत्रकार तथा अन्य व्यक्तिहरुको प्रश्नका जवाफ दिइरहेका छन्।
यो पनि पढ्नुहोस्ः
गहभरि आँसु पार्दै मेसीले छाडे बार्सा, पिएसजी जान्ने पक्का