लियोनल मेसीको उत्कृष्ट प्रर्दन मद्दतमा फ्रेन्च लिग वानमा पिएसजी विजयी भएको छ। शनिबार राति भएको खेलमा मेसीले गोल र असिस्ट गरेको खेलमा पिएसजीले नाइटलाई २–०ले हरायो।
पिएसजीको जितमा लियोनल मेसी र सर्जियो रामोसले गोल गरे। पिएसजीले दुवै हाफमा गोल गरेको थियो।
२६औं मिनेटमा मेसीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । उनले नुनो मेन्डिसको पासमा गोल गरेका थिए। यो गोलसँगै मेसीले आफ्नो नाममा नयाँ कीर्तिमान बनाए।
उनी पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै युरोपमा सर्वाधिक गोल गर्ने खेलाडी बने । मेसीले ७०२ गोल गरेका छन्। रोनाल्डोले ७०१ गोल गरेका छन्।
७६औं मिनेटमा सर्जियो रामोसले पिएसजीको अग्रता दोब्बर बनाए। उनले मेसीको कर्नरमा हेडिङमार्फत गोल गरेका थिए। त्यसपछि गोल नहुँदा पिएसजी विजयी भयो।
पिएसजी ३० खेलबाट ६९ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको लेन्सको समान खेलबाट ६३ अंक छ।