नचाहँदा–नहचाहँदै मेसीले छाडे बार्सिलोना

लियोनल मेसीले बार्सिलोना छाड्ने भएका छन्। बार्साले आज विज्ञप्ती जारी गर्दै मेसीले क्लब छाड्ने बताएको हो।

मेसी बार्सिलोना छोड्न चाहँदैन थिए। बार्सिलोनाबाटै खेल्नका लागि उनी आधा तलब कटौती गर्न समेत तयार रहेका थिए। तर, त्यति हुँदाहुँदै पनि मेसी बार्सिलोना छाड्न वाध्य भएका हुन्।

ला लिगाको वित्तिय नियमका कारण मेसीले बार्सा छाड्नु परेको क्लबले बताएको छ। मेसी र बार्साबीच आगामी सिजनको समझदारी भइसकेको थियो। मेसी बार्सामै बस्न तयार थिए भने बार्सा पनि मेसी क्लबमै रहने भएपछि खुसी थियो।

तर, स्पेनिस लिगको नियमका कारण मेसी बार्सामा बस्न नमिल्ने क्लबले जनाएको छ। जसकारण नचाहँदा नचाहँदै मेसी बार्सिलोना छाड्न वाध्य भएका छन्।

बार्सा छाडेर मेसी कहाँ जान्छन् भन्ने टुंगो लागेको छैन। बार्साले उनलाई सुखद् भविष्यको कामना गर्दै सफलताको शुभकामना दिइसकेको छ।

अब कुन टिमबाट खेल्लान् त विश्व फुटबलका सर्वकालिन महान खेलाडीमध्येका एक मेसी?