कतार विश्वकपको पहिलो सेमिफाइनलमा आज लियोनल मेसीको टिम अर्जेन्टिनाले क्रोएसिया सामना गर्दैैछ। यो खेल लुसेल रंगशालमा राति १२ः४५ बजे सुरु हुनेछ।
विश्वकप उपाधि जित्ने अन्तिम प्रयास गरिरहेका मेसीले क्रोएसियाविरुद्धको खेल कीर्तिमान बराबरी गर्ने छन्, र नयाँ कीर्तिमान निश्चित गर्ने छन्।
पाँच विश्वकप खेलेका मेसीले क्रोएसियाविरुद्धको खेलसँगै विश्वकपमा सर्वाधिक खेल खेल्ने जर्मनीका लोथर म्याथ्युजको कीर्तिमान बराबरी गर्ने छन्। अहिले मेसीले २४ र म्याथुजले २५ खेल खेलेका छन्।
यस्तै, क्रोएसियालाई हराउन सके मेसीले म्याथुजको कीर्तिमान आफ्नो नाममा लेखाउने निश्चित हुने छ।
यस्तै, क्रोएसियाविरुद्ध गोल गर्न सके मेसीले अर्को कीर्तिमान बनाउने छन्। आज गोल गर्न सकेन उनी विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी बन्ने छन्। अहिले मेसी र ग्याब्रिअल बाटिस्टुटाले समान १० गोल गरेका छन्।
मेसीले सन् २००६ यता लगातार ५ विश्वकप खेलेका छन्। त्यसपछि सन् २०१० बाहेक उनले चार विश्वकपमा गोल गरेका छन्।