°
, June 1, 2023 in

मेसीले भने– च्याम्पियनका रुपमा अझै खेल्न चाहन्छु, रमाउन चाहन्छु

SHARE:

लियोनल मेसी ३५ वर्षको उमेरमा विश्वच्याम्पियन बने, र आफ्नो फुटबल करिअरलाई सार्थक बनाए। कतारमा आइतबार राति भएको फाइनलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि जितेको थियो।

अर्जेन्टिना ८ वर्षपछि फाइनल पुगेसँगै मेसीले यो फाइनल आफ्नो विश्वकपको अन्तिम खेल हुने बताएका थिए। योसँगै मेसीले फाइनलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने अड्कल गरिएको थियो।

आफ्नै नेतृत्वमा अर्जेन्टिनालाई ३६ वर्षपछि च्याम्पियन बनाएपछि मेसीले तत्काल सन्न्यास नलिने बताएका छन्। उनले च्याम्पियनका रुपमा अझै खेल्न चाहेका छन्।

विश्व च्याम्पियन बनेपछि प्रतिक्रिया दिँदै मेसीले भने, ‘म आफ्नो फुटबल करिअरलाई पूर्ण बनाउन चाहन्थेँ, त्यो यो उपाधिसँगै पुरा भएको छ। फुटबल करिअर यो रुपमा अन्त्य गर्न पाउनु एकदमै प्रभावशाली हो । कोपा ओमेरिका, विश्वकसहित सबै प्राप्त गरेँ।’

‘म फुटबललाई माया गर्छु, म जे गर्छु फुटबलका लागि गर्छु । अर्जेन्टिनी टिमबाट खेल्दा म निकै रमाउँछु,’ मेसीले भने, ‘त्यसैले म अझै च्याम्पियनका रुपमा केही खेल खेल्न चाहन्छु, र रमाउन चाहन्छु।’

मेसीले आफ्नो यो यात्रामा हरपल सहयोग गर्ने र आफूलाई विश्वास गर्ने परिवारका सम्पूर्ण सदस्यलाई धन्यवाद दिएका छन्। उनले आफ्नो यो उपलब्धि सम्पूर्ण टिमकै कारण पाएको भन्दै त्यसका लागि टिमलाई पनि धन्यावाद दिएका छन्।

मेसीले विश्व च्याम्पियन बन्नु आफ्नो मात्र नभएर टिमका सम्पूर्णको सपना भएको भन्दै त्यसका लागि सबैले व्यक्तिगत र टिमका रुपमा मेहनत गरेकाले त्यो सफल भएको बताए।

SHARE: