°
, June 1, 2023 in

पिएसजीसँगको सम्झौता नवीकरण गर्न मेसी सहमत

SHARE:

विश्व विजेता लियोनल मेसी थप एक वर्ष फ्रेन्च क्लब पिएसजीमै बस्न सहमत भएका छन्। अर्जेन्टिना विश्व च्याम्पियन बने पछि मेसी अहिले बिदा मनाइरहेका छन्। विदामै रहेका बेला उनले पिएसजीसँग सम्झौता नवीकरण गर्ने सहमति जनाएका हुन्।

सन् २०२१ मा मेसी बार्सिालेनाबाट फ्रि ट्रान्सफरमा पिएसजी आएका थिए। २ वर्षको सम्झौता गरेका मेसीको सम्झौता अवधि सिजनको अन्त्यसम्म मात्र छ।

मेसी क्लब फर्किएपछि औपचारिक सम्झौता हुने अन्तर्राष्ट्रिय मिडियाहरु बताएका छन्।

६ महिनापछि पिएसजीसँगको सम्झौता सकिन लागेका मेसीलाई फर्काउन बार्सिलोना पनि लागेको छ। यस्तै, उनलाई भित्र्याउन मेजर सकर लिग क्लब इन्टर मियामीले पनि चासो देखाएको छ।

३५ वर्षीय मेसीले पिएसजीका लागि ५३ खेल खेल्दै २३ गोल गरेका छन्।

SHARE: