पिएसजी फर्किए मेसी

Read Time:1 Minute

सुपरस्टार लियोनल मेसी फ्रेन्च क्लब पिएसजी फर्किएका छन्। अर्जेन्टिनालाई विश्वकप जिताएपछि विदा रहेका मेसी आजबाट पिएसजीको ट्रेनिङमा फर्किएका हुन्।

कतारमा भएको विश्वकपमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ले हराउँदै अर्जेन्टिनाले मेसीको नेतृत्वमा विश्वकप उपाधि जितेको थियो। मेसी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी पनि बनेका थिए।

प्रशिक्षकको पहिलो दिन मेसीले केही बिताउँदै साथीहरुसँग कुराकानी गरेका थिए। त्यसपछि उनले आराम गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन्।

मेसीले स्वस्थ्य परीक्षण पछि पुरा सेसन ट्रेनिङ गर्ने बताइएको छ।

मेसीसँगै घाइते भएका पर्सनल किम्पेम्बे, नुनो मेन्डिस, रेनाटो सान्चेज र टिमोथी पेम्बेलेले पनि प्रशिक्षण थालेका छन्।

Happy
Happy
86 %
Sad
Sad
1 %
Excited
Excited
9 %
Sleepy
Sleepy
0 %
Angry
Angry
2 %
Surprise
Surprise
2 %
Previous post ज्ञानेन्द्र र रोहितले भने– भोलिसम्म सबै पैसा दिने प्रतिबद्धता पछि खेल्न राजी भयौं
Next post मनाङ आहा–रारा पोखरा गोल्डकपको पहिलो खेलमै पराजित
Close