बार्सिलोना फर्कने मेसीको चाहना

सिजनको सुरुआतमा बार्सिलोना छाड्दै र्पिसजी पुगेका अर्जेन्टिनी स्टार लियोनल मेसीले पुनः बार्सिलोना फर्कने चाहना राखेका छन्। सोमबार एक अन्तर्वार्ताका क्रममाले मेसीले यस्तो धारणा राखेका हुन्।

तर, मेसीले खेलाडीका रुपमा नभइ क्लब व्यवस्थापनका टिममा रहने गरी बार्सिलोना फर्कन चाहेका हुन् । सो क्रममा उनले प्राविधिक सचिवको रुपमा बार्सिलोना फर्किन आफू तयार भएको बताए।

बार्सिलोना छाडेर पीएसजी गएका अर्जेन्टाइन स्टार मेसीले पुनः बार्सिलोनामा फर्किएर क्लबको व्यवस्थापन टिममा रहने इच्छा व्यक्त गरेका हुन्।

‘मैले सधैं भनेको थिएँ कि म क्लबलाई जसरी पनि मद्दत गर्न चाहन्छु,’ स्पोर्टसँग कुरा गर्दै उनले भनेका छन्, ‘म प्राविधिक सचिव बन्न चाहन्छु ।’ तर उनले बार्सिलोनामै रहन्छु कि रहँदैन भन्ने कुरा आफैंलाई थाहा नभएको बताए ।

उनले अगाडि भनेका छन्, ‘म क्लबमा फर्केर सक्दो योगदान गर्न चाहन्छु । किनभने म बार्सिलोनालाई माया गर्छु र उनीहरूलाई राम्रो गर्दै विश्वको उत्कृष्ट बनाउन चाहन्छु ।’