°
, June 1, 2023 in

मेसीको ७ सयौं गोलमा पिएसजीको जित

SHARE:

अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले क्लब करियरको ७ सयौं गोल गरेको खेलमा उनको क्लब पिएसजी विजयी भएको छ। आइतबार राति भएको खेलमा पिएसजीले मार्सेलीमाथि ३–०को जित निकाल्यो।

पीएसजीका लागि किलिएन एमबाप्पेले दुई गोल गरे । एमबाप्पेले २५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मेसीले २९औं मिनेटमा अग्रता दोब्बर पारे । एमबाप्पेले ५५औं मिनेटमा व्यक्तिगत दोस्रो तथा पीएसजीका लागि तेस्रो गोल गरे ।

एमबाप्पेले पीएसजीका लागि सर्वाधिक २ सय गोल गर्ने इडिनसन कभानीको कीर्तिमान पनि बराबरी गरे। यस जितपछि पीएसजीले मार्समाथि ८ अंकको अग्रता समेत बनाएको छ ।

मेसी क्रिस्टियानो रोनाल्डोपछि क्लब करियरमा ७ सय गोल पूरा गर्ने खेलाडी बने । मेसीले पीएसजीका लागि २८औं गोल गर्दै उक्त उपलब्धि हासिल गरेका हुन् । उनले २०२१ मा फ्रेन्च क्लब जानुअघि बार्सिलोनाका लागि ७७८ खेलमा ६७२ गोल गरेका थिए।

SHARE: