अर्जेन्टिनी सुपर स्टार लियोन मेसी फ्रेन्च क्लब पिएजसी जाने पक्का भएको छ। पिएसजीसँग सम्झौता गर्नका लागि ३४ वर्षीय मेसी आज राति ११ः१५ बजे पेरिस ल्यान्ड हुने स्पोर्ट्स न्यूज पोर्टल इएसपिएन एफसीका जुलियन लरेन्सले बताएका छन्।
मेसीको स्वागतका लागि पिएसजीको मैदानबाहिर थुप्रै समर्थक प्रतिक्षा गरिरहेका छन्।
उनका अनुसार मेसीले पिएसजीसँग वार्षिक ३५ मिलियन तलब पाउने गरी २ वर्षको सम्झौता गर्ने छन्। यस्तै, अर्को एक वर्ष सम्झौता अवधि बढाउने सुविधा पनि दिइने उनले उल्लेख गरेका छन्।
लरेन्सले मेसीले आजै राति या भोलि पिएसीमा मेडिकल गर्ने र सम्झौतामा हस्ताक्षर गर्ने उल्लेख गरेका छन्। ला लिगाको वित्तिय निमयका कारण सम्झौता नवीकरण हुन सकेपछि मेसीले २१ वर्षपछि बार्सिलोना छाडेका थिए ।