मेक्सिको समूह चरणबाट बाहिरिएको २४ घण्टा पनि नबित्दै मुख्य प्रशिक्षक जेरार्डो मार्टिनोले राजीनामा दिएका छन्।
उनको टिम अन्तिम खेलमा जित निकाले पनि समूह चरणबाटै बाहिरिएको थियो । उसले १ जित र १ बराबरीसहित ४ अंक जोडेपछि गोलअन्तरमा ऊ पोल्यान्डसँग पछि परेको थियो।
प्रशिक्षकबाट राजीनामा दिँदै उनले भने, ‘निराशाजनक प्रदर्शनका लागि म जवाफदेही छु । यस विश्वकपमा हामी फेल भएको स्वीकार गर्छौं । मेरो सम्झौता रेफ्रीले खेल सकिएको हुसिल बजाएपछि नै सकिएको छ। अरु बाँकी केही छैन।’
मार्टिनोले आफूले स्वतन्त्र रुपमा काम गरेको कतैबाट पनि दबाव नभएको भन्दै संघ र संघका अध्यक्षलाई धन्यवाद दिएका छन्।