टोक्यो ओलम्पिकको पुरुष फुटबलको कास्य पदक मेक्सिकोले जितेको छ। शुक्रबार टोक्योमा भएको खेलमा आयोजक जापानलाई ३–१ले हराउँदै मेक्सिकोको पुरुष फुटबलको कास्इ पदक जितेको हो।
सेमिफाइनलमा मेक्सिको ब्राजिलसँग पेनाल्टी सुटआउटमा ४–१ले पराजित भएको थियो भने जापान स्पेनसँग अतिरिक्त समयमा १–०ले पराजित भएको थियो।
पुरुष फुटबलमा मेक्सिकोलाई कास्इ दिलाउने क्रममा फ्रान्सिस्को कोर्डोभा, जोहान भास्क्वेज र अर्नेस्टो भेगाले गोल गरे भने जापानका कोरु मिटोमाले गोल गरेका थिए।
फ्रान्सिस्कोले १३औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि खेलमा मेसिक्कोले सुरुआती अग्रता लियो। भास्क्वेजले ३३औं मिनेटमा गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा २–०को अग्रता लिएको मेक्सिकोले ५८औं मिनेटमा ३–०को अग्रता लियो । उसका लागि तेस्रो गोल भेगाले गरेका थिए। ७८औं मिनेटमा मिटोमाले जापानका लागि सान्त्वना गोल गरे।
योसँगै मेक्सिकोले समूह चरणमा प्राप्त हारको बदला पनि लियो । समूह चरणमा मेक्सिको जापनसँग २–१ले पराजित भएको थियो।
स्वर्णका शनिबार डिफेन्डिङ च्याम्पियन ब्राजिलले स्पेनको सामाना गर्ने छ।