°
, June 7, 2023 in
आइपिएलक्रिकेटसमाचार

मुम्बईमाथि चेन्नईको सहज जित

SHARE:

आईपिएलमा चेन्नई सुपर किंग्स विजयी भएको छ। शनिबार भएको पहिलो खेलमा चेन्नईले मुम्बईमाथि ६ विकेटको सहज जित निकाल्यो ।

पहिला ब्याटिङ गर्दै मुम्बईले दिएको १४० रनको लक्ष्य चेन्नाईले १७.४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । उसका लागि ओपनर डेभोन कन्वेले ४२ बलमा ४ चौकाको सहयोगमा ४५ रन बनाए।

यस्तै, अर्का ओपनर रुतुराज गायकवाडले १६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३० रन बनाउँदा शिवम दुवेले २६ र अजिक्या रहाणेले २० रनको योगदान दिए। मुम्बईका पियुष चावलाले २ तथा आकाश मधवाल र ट्रिस्टन स्टुब्सले समान १ विकेट लिए।

टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३९ रन बनायो। सुरुआती तीन ब्याट्सम्यान सस्तैमा आउट भएपछि दबाबमा परेको मुम्बईका लागि निहाल वाधिराले ५१ बलमा ८ चौका र १ छक्काको सहयोगमा ६४ रन बनाए। यो उनको टि–२०को पहिलो अर्धशतक हो।

यस्तै, सूर्यकुमार यादवले २२ बलमा २६ रन बनाए भने स्टूब्सले २१ बलमा २० रन बनाए। चेन्नाईका लागि मथिशा पथिरानाले ३ तथा दीपक चहर र तुसारदेश पान्डेले समान २ विकेट लिए।

चेन्नाई १३ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ भने १० अंकसहित मुम्बई छैटौं स्थानमा छ।

SHARE: