इन्यिन प्रिमियर लिग (आईपिएल)मा मुम्बई इन्डियन्सले लागतार तेस्रो जित निकलोको छ। सुरुआती दुई खेलमा पराजित भएको मुम्बईले त्यसपछि लागतार तीन खेल जित्ने क्रममा मंगलबार राति सनराइजर्स हैदरावादलाई १४ रनले हरायो ।
पहिले ब्याटिङ गर्दै मुम्बईले १९३ रनको लक्ष्य पछ्याएको हैदरावाद १९.५ ओभरमा १७८ रनमा अलआउट भयो। उसका लागि मयंक अग्रवालले ४१ बलमा सर्वाधिक ४८ रन बनाए भने ब्याटर हेनरिच क्लासेनले १६ बलमा ३६ रन बनाए।
मुम्बईका राइली मेरिडिथ र जेसन बेहरेनडोर्फले समान २ विकेट लिए। यस्तै, अिघल्लो खेलमार्फत आईपिएलमा डेब्यू गरेका सचित तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरले आईपिएलमा पहिलो विकेट लिए। उनले अन्तिम ओभरका पाँचौं बलमा भुनवेश्वर कुमारलाई रोहित शर्माबाट क्याच आउट गराए।
त्यसअघि पहिला ब्याटिङ गरेको मुम्बईले क्यामरुन ग्रिनको अर्धशतक मद्दतमा निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १९२ रन बनायो । उसका लागि ग्रिन ४० बलमा ६४ रन बनाउए भने इशान किसानले ३८, तिलक बर्माले ३७ र कप्तान रोहित शर्माले २८ रन बनाए।
सनराइजर्स हैदरावादका लागि मार्को यानसेनले दुई विकेट लिए।
यो जितपछि मुम्बई ६ अंकसहित स्थानमा उक्लिएको छ भने हैदरावाद ४ अंकसहित नवौं स्थानमा छ।