घरेलु मैदान वानखडेमा मुम्बई इन्डियन्सले कीर्तिमान जित निकालेको छ। आईपिएल अन्तर्गत आइतबार राति भएको खेलमा मुम्बईले २१३ रनको कीर्तिमानी लक्ष्य पछ्याउँदै राजस्थान रोयल्समाथि ६ विकेटको जित निकाल्यो।
वानखडेमा २ सयमाथि लक्ष्य अहिलेसम्म चेज भएको थियो। आईपिएलको १ हजारौं खेलमा २१३ रनको लक्ष्य चेज गर्दै मुम्बईले कीर्तिमान बनायो।
पहिला ब्याटिङ गर्दै राजस्थानले दिएको २१३ रनको लक्ष्य मुम्बईले १९.३ ओभारमा ४ विकेट गुमाएर भेट्टायो। अन्तिम ओभरमा जितका लागि १७ रन चाहिएको अवस्थामा टिम डेविडले सुरुआती ३ बलमा लगातार छक्का प्रहार गर्दै मुम्बईलाई जारी सिजनको चौथो जित दिलाए।
मुम्बईका लागि सुर्यकुमार यादवले २९ बलमा ८ चौका र २ छक्काको सहयोगमा ५५ रन बनाए। यस्तै, क्यामरुन ग्रीनले २६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४४ रन बनाए ।
यस्तै, विस्फोटक इनिङ खेलेको डेविडले १४ बलमा २ चौका र ५ छक्का मद्दतमा ४५ रन बनाए। यस्तै, किशनले २३ बलमा २८ र तिलक बर्माले २१ बलमा २९ रन बनाए । राजस्थानका लागि रविचन्द्र आश्विनले २ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो। राजस्थानका लागि ओपनर यसश्वी जैसवालले ६२ बलमा १६ चौका र ८ छक्काको सहयोगमा १ सय २४ रनको शतकीय इनिङ खेले। उनी आईपिएलमा सर्वाधिक रन बनाउने कान्छो खेलाडी बनेका छन्।
यस्तै, ओपनर जस बटलरले १९ बलमा २ चौका र १ छक्काको सहयोगमा १८ रन बनाउँदा कप्तान सन्जु सामसनले १० बलमा १४ रन बनाए। मुम्बईका लागि अर्शद खानले ३ तथा पियुष चावलाले २ विकेट लिए ।
आठौं खेलमा चार जित निकालेको मुम्बई ८ अंकसहित सातौं स्थानमा उक्लिएको छ। १० अंकसहित राजस्थान तेस्रो स्थानमा छ। मुम्बईलाई हराउन सकेको भने ऊ शीर्ष स्थानमा उक्लिने थियो।