चम्किए रोनाल्डो र सान्चो, भिल्लारियललाई हराउँदै युनाइटेड नकआउट चरणमा

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र युवा स्टार जाडोन सान्चोले उत्कृष्ट प्रदर्शन गरेपछि म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। रोनाल्डो र सान्चो चम्किएको खेलमा मंगलबार राति युनाइटेडले भिल्लारियललाई उसकै मैदाना २–०ले हरायो।

समूह एफमा ५ खेलमा ३ जित, १ बराबरी र १ हार बेहोरोको युनाइटेडले १० अंक जोड्दै नकआउट चरणमा पुगेको हो। ७ अंक जोडेको भिल्लारियल दोस्रो र ६ अंक जोडेको एट्लान्टा तेस्रो स्थानमा छ । यी दुवैको नकआउट चरण पुग्ने सम्भावना कायमै छ।

घरेलु मैदानमा पहिलो हाफमा भिल्लारियलले खेलमा दाबब बनायो । तर, गोलपोस्टमा डेभिड डि गिया बाधक बन्दा ऊ अग्रता लिन चुकेको थियो । ७८औं मिनटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाए । निर्धारित सायमको अन्तिम मिनेटमा सान्चोले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे।

यो सँगै माइकल क्यारिकले प्रशिक्षक सम्हालेको पहिलो खेलमै जित निकाले छ। यस्तो भएको सन् १९३१ पनि पहिलो पटक हो । गता साता मुख्य प्रशिक्षक ओलेनगर सोल्सायर बर्खास्तीमा परेपछि क्यारिक अन्तिमरिम प्रशिक्षकका रुपमा नियुक्त भएका थिए

यही समूहको अर्को खेलमा एट्लान्टा र योङ बोइजले ३–३ गोलको बराबरी खेलेका छन्।