मिलान डर्बी बराबरीमा, रोमा पराजित

इटालियन सिरी ए अन्तर्गत आइतबार राती भएको मिलान डर्बी बराबरीमा सकिएको छ। आइतबार राति भएको खेलमा एसी मिलान र इन्टर मिलानबीचको खेल १–१ को बराबरीमा सकिएको हो। इन्टरले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा खेल १–१ को बराबरीमा सकिएको हो ।

खेलको ११ औं मिनेटमा हाकान चाल्हानोग्लुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए । यसै सिजन एसी मिलान छोडेर इन्टर पुगेका उनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा उनी आफैं गोल गर्न सफल भएका थिए । तर १७ औं मिनेटमा स्टेफान डी भ्रिजको आत्मघाती गोलमा मिलान खेलमा फर्कियो ।

२७ औं मिनेटमा इन्टरले पुनः पेनाल्टीमार्फत खेलमा अग्रता लिने अवसर पायो । तर लाउटारो मार्टिनेजको प्रहार माइक माइग्नानले बचाए । त्यसपछि एसी मिलानका एलेक्सिस सालामेकर्सको प्रहार पोस्टमा लागेको थियो ।

यस नतिजाले एसी मिलान अंक तालिकाको शीर्षस्थानमा पुग्न सकेन । एसी मिलानको १२ खेलमा ३२ अंक छ । तेस्रो स्थानमा रहेको इन्टरको १२ खेलमा २५ अंक छ । शीर्षस्थानको नेपोली ३२ अंकसहित गोल अन्तरको आधारमा एसी मिलानभन्दा अघि छ ।

यसैगरी अर्को खेलमा जोसे माउरिन्होको टिम एएस रोमा पराजित भएको छ। आइतबार राति भएको खेलमा रोमालाई घरेलु टोली भेनेजियाले ३–२ ले पराजित भयो।

मटिया काल्डाराले खेलको तेस्रो मिनेटमै घरेलु टोलीलाई अघि बढाएका थिए । त्यसपछि एल्डोर सोमुरोदोव र टोमी अब्राहमको गोलमा पहिलो हाफ अघि रोमाले २–१ को अग्रता लिएको थियो । दोस्रो हाफमा माटिया अरामुको पेनाल्टी गोल र डेभिड ओकेरेकेको गोलमा घरेलु टोली भेनेजिया विजयी बन्यो ।

रोमाले पछिल्ला ७ खेल मध्ये एक खेलमा जित निकालेको छ । क्लब शीर्ष स्थानको नापोलीभन्दा १२ अंकले पछि परेको छ । रोमाले पछिल्ला ७ खेलमा ४ खेलमा पराजित बनेको छ । भेनेजियाले यस सिजन तेस्रो खेलमा जित निकालेको छ ।