इन्टर मिलानले इटालीको सिरी ए मा आफ्नो शतप्रतिशत सुरुआत कायम राखेको छ।
शनिबार राति भएको मिलान डर्बीमा इन्टरले एसी मिलानमाथि ५–१ को प्रभावशाली जित निकालेको छ।
घरेलु मैदानमा इन्टरलाई सनदार जित दिलाउन हेनरिक मिखिटारयनले दुई गोल गरे भने मार्कस थुराम, डेविड फ्राटेसी र हाकन जोलुनोलुले पनि गोल गरे। यता, एसी मिलानका राफ लिआओले गोल गरेका थिए।
खेलमा पाचौं मिनेटमै मिखिटारयनको गोलमा इन्टरले अग्रता लियो। ३८औं मिनेटमा थुरामले इन्टरको अग्रता दोब्बर बनाए। ५७औं मिनेटमा लिआओले गोल गर्दै एसी मिलानलाई खेलमा फर्काउने प्रयास गरे।
तर, ६९औं मिनेटमा मिखिटारयनले नै गोल गरेपछि इन्टरले ३–१को अग्रता लियो। त्यसपछि ७९औं मिनेटमा जोलुनोलु र इजन्जुरी समयमा फ्राटेसीले गोल गरेपछि इन्टरले ५–१को जित निकाल्यो।
यो जितपछि इन्टरको चार खेलबाट १२ अंक भएको छ । युभेन्ट्स चारै खेलबाट १० अंकमा दोस्रो स्थानमा छ उसले अर्को खेलमा लाजियोलाई ३–१ ले हरायो ।
डिफेन्डिङ च्याम्पियन नेपोलीले भने जेनोआसँग २–२ को बराबरी खेल्यो । नेपोलीको सात अंक भएको छ र पाँचौं स्थानमा रहेको छ । हारका बावजुत मिलान नौ अंकमा तेस्रो स्थानमा छ।