°
, June 1, 2023 in

मिलानका डिफेन्डर स्क्रिनियर पिएसजी आउने

SHARE:

सिरि ए क्लब इन्टर मिलानका स्लोभाकियन डिफेन्डर मिलान स्क्रिनियर फ्रेन्च क्लब पिएसजी आउने भएका छन्। २७ वर्षीय स्क्रिनियरले एक अन्तर्वार्ताका क्रममा पिएसजी जाने पक्का भएको र सम्झौता गरिसकेको बताएका छन्।

उनले जनवरीमै दुई क्लबबीच आफ्नो स्थानान्तरणका विषयमा सम्झौता हुने प्रतिक्षमा रहेको बताएका छन्। पिएसजी जाने निश्चित भएपछि कप्तान समेत रहेका स्क्रिनियरले मिलानको नवीकरणको प्रस्ताव अस्वीकार गरेका थिए।

अघिल्लो समरमा स्क्रिनियरका लागि पिएसजीले गरेको ६० मिलियन युरोको प्रस्ताव इन्टरले गरेको थियो । अब उनी फ्रि ट्रान्सफरमा समरमा पिएसजी जाने छन्।

सन् २०१७मा साम्पडोरिआबाट मिलान आएका उनले २४२ खेल खेल्दै ११ गोल गरेका छन्। उनले स्लोभाकियाका लागि ५८ खेलमा ३ गोल गरेका छन्।

SHARE: