°
, June 7, 2023 in
रोचकसमाचार

इन्स्टामा मेसीको कीर्तिमान

SHARE:

३६ वर्षपछि अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएका लियोनल मेसीले अर्को कीर्तिमान पनि बनाएका छन्। विश्व च्याम्पियन बनेपछि उनले इन्स्टाग्रममा राखेको पोस्टले नयाँ रेकर्ड बनाएको छ।

विश्वकप उपाधि जितेपछि मेसीले पोष्ट गरेको ग्यालरीसहितको स्ट्याटस इन्स्टाग्रममा अहिलेसम्मकै सर्वाधिक लाइक गरिएको पोष्ट बनेको हो । मेसीको त्यो पोष्टलाई अहिलेसम्म ६ करोड ९० लाख भन्दा बढीले लाइक गरेका छन्।

मेसीको इन्स्टाग्राम पोष्टले अन्डाको फोटोको पोष्टको कीर्तिमानलाई तोडेको हो । अन्डाको उक्त पोष्टलाई ५ करोड ७७ लाखले लाइक गरेका छन् । तर त्यो अन्डाको पोष्ट गर्ने वर्ल्ड रेकर्ड एग नामको एकाउन्ट कसले खोलेको भन्नेमा विभिन्न मत छ। अन्डाको उक्त पोष्टले माएल जेनरको कीर्तिमानलाई तोडेको थियो ।

एउटा सामान्य अण्डाको फोटोले यति धेरै लाइक कसरी आकर्षित गर्न सफल भयो भन्ने बारे धेरै अनुमानहरू छन् ।

SHARE: