आर्सनलका मिखिटार्यन रोमामा

इंग्लिस क्लब आर्सनलका मिडफिल्डर हेनरिक मिखिटार्यन इटालियन क्लब रोमामा आबद्ध भएका छन् । ३० वर्षीय अर्मेनियाका अट्याकिङ मिडफिल्डर मिखिटार्यन १ वर्ष लोनमा रोमामा आबद्ध भएका हुन् ।

आर्सनलले नयाँ सिजनका लागि रियल म्याड्रिडबाट ड्यानी सेबायोस र लिल्लेबाट निकोलस पेपेलाई ल्याएपछि उनको स्थान संकटमा परेको थियो । त्यसैले उनी लोनमा रोमा लागेका हुन् ।

उनी सन् २०१८ मा म्यान्चेस्टर युनाइटेडबाट आर्सनल आएका थिए । आर्सनले आफ्ना स्ट्राइकर एलेक्सिस सान्चेस युनाइटेडलाई दिँदै मिखिटार्यन ल्याएको थियो । उनले आर्सनलबाट ५६ खेल खेल्दै ९ गोल गरेका छन् ।

यसअघि मिखिटार्यनले युक्रेनको क्लब मेटालुह डोनेस्क, सख्तर डोनेस्क तथा जर्मन क्लब बोरुसिया टर्डमन्डबाट पनि खेलेका छन् ।