अधिकांश युवा खेलाडी समेटेको मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। शुक्रबार च्यासल मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–०ले हराउँदै मनाङ शीर्ष स्थानमा उक्लिएको हो।
स्टार खेलाडीहरुले क्लब छाडेपछि मनाङले लिगमा युवा खेलाडी समेटेर टिम बनाएको थियो। मनाङको जितमा दुवै गोल कोफी टिमोथी कोउडोले गरे। उलने दुवै हाफमा समान १ गोल गरेका थिए।
३४औं मिनेटमा कोउडोले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाए। पहिलो १–०मै सकियो। ५२औं मिनेटमा कोउडोले नै गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए। खेलमा त्यसपछि गोल नहुँदा मनाङ विजयी भयो।
यो जितपछि मनाङ शीर्ष स्थानमा उक्लिएको छ। ६ खेलमा मनाङले् १४ अंक जोडेको छ। मनाङ प्रतियोगितामा अपराजित छ। यता, फ्रेन्ड्स ४ अंकसहित १२औं स्थानमा छ।