मनाङ मर्स्याङ्दी क्लबले जारी लिगमा पहिलो हार व्यहोरोको छ। बुधबार दशरथ रंगशालामा भएको खेलमा मनाङ सातदोबाटो युथ क्लबसँग १–०ले पारजित भयो।
प्रतिस्पर्धात्मक खेलमा सातदोबाटोलाई जित दिलाउन दीपकराजसिंह ठकुरीले निर्णायक गोल गरे। दिपकले ४०औं मिनेटमा गोल गरे।
मनाङलाई हराउँदै सातदोबाटो लिगको शीर्ष स्थानमा उक्लिएको छ। ५ खेल जितेको सातदोबाटोले ८ खेलबाट १६ अंक छ भने मनाङ १५ अंकसहित दोस्रो स्थानमा छ।