°
, June 7, 2023 in
ए डिभिजन लिगफुटबलसमाचार

पुछारको पुलिससँग रोकियो मनाङ

SHARE:

सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब बराबरीमा रोकिएको छ। सोमबार एन्फा कम्लेक्स मैदान सातदोबाटोमा भएको खेलमा मनाङ विभागीय टिम नेपाल पुलिस क्लबसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा मनाङका लागि रोशन रानामगर र इद आजमल डाभोल्टातेजनोले गोल गरेका थिए भने पुलिसका लागि दुवै गोल अहमद हिजाजीले गोल गरे।

खेलमा अग्रता पुलिस क्लबले लियो । १६औं मिनेटमा हिजाजीले गोल गर्दै पुलिसलाई अग्रता दिलाए। ३३औं मिनेटमा रोशनले मनाङका लागि बराबरी गोल गरे। डाभोल्टातेजनोले ४४औं मिनेमा गोल गर्दै मनाङलाई खेलमा २–१को अग्रता दिलाए।

तर, ७१औं मिनेटमा हिजाजीले पुलिसका लागि बराबरी गोल फर्काए । त्यसपछि गोल नहुँदा दुवै टिम अंक बाँड्न बाध्य भए।

१६ खेलबाट २० अंक जोडेको मनाङ आठौं स्थानमा छ भने समान खेलमा १६ अंक जोडेको पुलिस तालिकाको पुछारमै छ। कायमै रहेको छ ।

SHARE: