पहिलो पटक मोफसलमा हुने लागेको सहिद स्मारक ए डिभिजन लिग खेल्ने मनाङ मर्याङ्दी क्लब र नेपाल पुलिस क्लब पोखरा प्रस्थान गरेका छन्। पहिलो पटक मोफसलमा हुने लागेको लिगका ३ खेल पोखरामा हुनेछ ।
यो सिजनबाट मनाङले पोखरा रंगशालालाई घरेलु मैदान बनाएपछि एन्फाले उसलाई घरेलु मैदानमा ३ खेल ेखेल्न अनुमति दिएको छ । सोही अन्तर्गत पाँचौं चरणको खेल खेल्ने मनाङ र पुलिसको टिम बुधबार पोखरा प्रस्थान गरेका हुन्।
मनाङ र पुलिसबीचको खेल पोखरा रंगशालमा पुस ३ गते हुने छ। यो खेल ए डिभिजन लिगकै ऐतिहासिक खेल हुनेछ। मनाङले खेल्ने पाँचौ, सातौं र आठौं चरणको खेलहरु भने पोखरामा हुनेछ । मनाङले सातौं चरणमा ब्रिगेड ब्वाइज बोइजसँग पुष १७ र आठौं चरणमा च्यासल युथ क्लबसँग पुस २४ मा पोखरा मैदानमा खेल्नेछ ।
पोखरामा हुने खेलको सम्पूर्ण खर्च मनाङले नै बेहोर्ने भएको छ। एन्फकाका केन्द्रीय सदस्य समेत रहेका मनाङका उपाध्यक्ष विजय घलेले स्थानीय निकाससँग पनि सहयोगका लागि छलफल भइरहेको बताए । पोखरा मैदानमा हुने खेलका लागि १ सय र ३ सय टिकल मूल्य तोकिएको घलेले बताए ।
मनाङ अपराजित रहँदै ४ खेलबाट १० अंक जोडेर अंकतालिकामा दोस्रो स्थानमा छ । समान १० अंक जोडेको मछिन्द्र गोल अन्तरमा आधारमा शीर्ष स्थानमा छ । नेपाल पुलिस पाँच अंकसहित आठौं स्थानमा छ ।