जारी सहिद स्मारक ए डिभिडनमा पोखरा रंगशालालाई घरेलु मैदान बनाएको मनाङले त्यहाँ आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ। यो सिजन पोखरामा तीन खेल्न पाएको मनाङले तीनै खेलमा जित निकाल्यो ।
यो घरेलु मैदानमा भएको अन्तिम खेलमा मनाङले शनिबार च्यासल युथ क्लबमाथि शानदार जित निकाल्यो । विदेशी स्ट्राइकर ओलावाले हाफिजको ह्याट्रिक मद्दतमा मनाङले पोखरामा च्यासल युथ क्लबमाथि ५–०को फराकिलो जित निकाल्यो ।
मनाङको जितमा हाफिजको ह्याट्रिकसँगै एडिलाजा सोमिडे र दिनेश राजवंशीले पनि गोल गरे। मनाङले पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल गरेको थियो ।
घरेलु मैदानमा मनाङले खेलको तेस्रो मिनेटमै अग्ता लियो । उसका सोमिडेले गोल गरेका थिए । ४३औं मिनेटमा हाफिजले गोलगरेपछि पहिलो हाफमा मनाङले २–०को अग्रता लियो।
खेलको अअन्तिम ८ मिनेटमा मनाङ ३ गोल गर्दै सहज जित निकाल्यो । ८६ औं मिनेटमा दिनेशले गोल गर्दै मनाङलाई ३–० को अग्रता दिलाए । २ गोल इन्जुरी समयमा सम्भव भयो ।
इन्जुरी समयको तेस्रो मिनेटमा हाफिजले गोल गरेपछि मनाङ ४–०को सहजमा अवस्थामा आयो । त्यसको एक मिनेटपछि नै हाफिजले नै गोल गर्दै टिमलाई ५–०को जित दिलाए भने आफ्नो ह्याट्रिक पनि पुरा गरे । जारी प्रतियोगितामा यो दोस्रो ह्याट्रिक हो।
८ खेलमा १९ अंक जोडेको मनाङ दोस्रो स्थानमा छ भने ५ अंक मात्र जोडेको च्यासल १३औं स्थानमा छ।