ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दीले जारी लिगमा पहिलो जित निकालेको छ। पहिलो खेलमा हिमालयन शेर्पासँग बरारबी खेलको मनाङ पहिलो जित निकाल्ने क्रममा बलियो संकटा क्लबलाई १–०ले रहयो।
मनाङलाई पहिलो जित दिलाउने क्रममा उज्वेकिस्तानका खेलाडी सायिदजमोल दाभलातजोनोभले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दाभ्लातजोनोभले ५१औं मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाए। त्यसपछि गोल नहुँदा मनाङ विजयी भयो।
पहिलो जितपछि मनाङले दुई खेलबाट ४ अंक जोडेको छ । संकटाको भने दुई खेलमा १ अंकमात्र छ। पहिलो खेलमा संकट आर्मीसँग बराबरिमा रोकिएको थियो ।