अग्रता जाेगाउन नसक्दा हिमालयन शेर्पासँग रोकियो मनाङ

Read Time:1 Minute

ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दी यो सिजनको पहिलो खेलमै बराबरीमा रोकिएको छ। लिगअन्तर्गत शनिबार साँझ दशरद रंगशालामा भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा मनाङ हिमालयन शेर्पासँग १–१को बराबरीमा रोकिएको हो।

सिरिनियर खेलाडीहरुले क्लब छाडेपछि नयाँ खेलाडीलाई समेटेको मनाङले खेलको १४औं मिनेटमा अग्रता लियो । उसका रोशन रानामगरको गोल गरेका थिए। तर, खेलको अन्त्यतिर सम्हालिन नसक्दा मनाङले २ अंक गुमायो ।

८५औं मिनेटमा हिमालयन शेर्पाका लागि सुरेश कुमालले ८५औं मिनेट गोल गदैृ खेललाई बराबरीमा ल्याए।

लिगमा आइतबार तीन खेल हुने छन् । दिउँसो २ बजे च्यासल मैदानमा एनआरटी र सातदोबाटो युथ क्लब भीड्दा सोही समय दशरथ रंगशालामा त्रिभुवन आर्मी एफसी र संकटा क्लबबीच खेल हुनेछ।

यस्तै, साँझ साढे ५ बजे दशरथ रंगशालामा डिफेन्डिङ च्याम्पियन मछिन्द्रले जावलाखेल युथ क्लबसँग खेल्ने छ।

Happy
Happy
11 %
Sad
Sad
67 %
Excited
Excited
0 %
Sleepy
Sleepy
11 %
Angry
Angry
0 %
Surprise
Surprise
11 %
Previous post थ्री स्टारमाथि एपिएफको सहज जित
Next post किरण चेम्जोङको टिमले जित्यो आई लिग
Close