विश्वकपका लागि पाकिस्तानी टिमको घोषणा, टिम परेनन आमीर

इंग्ल्यान्ड र वेल्समा संयुक्तरुपमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि पाकिस्तानले राष्ट्रिष्य टिमको घोषणा गरेको छ । पाकिस्तान क्रिकेट बोर्डले मे ३० बाट सुरु हुने विश्वकपका लागि १५ सदस्यीय पाकिस्तानी टिमको घोषणा गरेको हो ।

पाकिस्तानी टिममा फास्ट बलर महोम्मद आमीर पर्न असफल भएका छन् । पछिल्लो सयम खराब प्रदर्शन गरेका आमीरसँगै आसिफ अली, उस्मान सेनवारी र महोम्मद रिजवानले पनि टिम पर्न असफल भए ।

यद्यपि आमीर र आसिफलाई पुनः विश्वकपको टिममा पर्ने मौका भने छ । पाकिस्तानले मेको सुरुवातमा इंग्ल्यान्डमा १ टि–२० र ५ एकदिवसीय खेल खेल्न छ । इंग्ल्यान्डविरुद्धको सिरिजका लागि आमीर र आसिफ दुवै टिममा छन् । त्यहाँ राम्रो प्रदर्शन गरे दुवैले विश्वकपको टिममा पुनरागमन गर्न सक्ने छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले विश्वकपका लागि टिम दर्ता मिति २३ मेसम्म तोकेको छ । सबै टिमले आईसिसीको टेक्निकल कमिटिको स्वीकृतिमा आफ्ना टिममा खेलाडी परिवर्तन गर्न सक्ने छन् ।

भारतविरुद्ध च्याम्पियन्स ट्रफीको फाइलनमा उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानलाई उपाधि दिलाएयता आमीर खराब लयमा छन् । त्यसयता आमीर १०१ ओभर बलिङ गर्दै ५ विकेट मात्र लिएका छन् । आमीर पछिल्ला १४ मध्ये ९ खेलमा विकेटबिहीन बनेका छन् ।

यस्तै मिडल अर्डर ब्याट्सम्यन आसिफ अलीले पनि पछिल्ला ९ एकदिवसीय खेलमा २०० रन मात्र बनाएका छन् । १३०.७१ को स्ट्राइक रेटमा ब्याटिङ गरेका आसिफको पछिल्ला ९ खेलमा नटआउट ५० रन सर्वाधिक रन हो । उनको स्थानमा आक्रामक ब्याट्सम्यान टिममा स्थान दिएको छ ।

यस्तो छ पाकिस्तानी टिम

सर्फराजज अहमद (कप्तान), सोहेब मल्लिक, अबिद अली, बबर आजम, फहिम असरफ, फकार जमान, ह्यारिस सोहैल, हसन अली, इमाद वसिम, इमाम उल हक, जुनैद खान, मोहम्मद हाफिज, मोहम्मज हासनैन, सदाब खान, साहिन शाह अफ्रिदी ।