°
, June 2, 2023 in
0

तेस्रो टि–२०मा पाकिस्तान विजयी, सिरिज बराबरीमा सकियो

SHARE:

तेस्रो तथा अन्तिम टि–२०मा पाकिस्तानले घरेलु टोली इंग्ल्यान्ड माथि रोमाञ्चक जित निकालेको छ । मंगलबार राति म्यान्चेस्टरमा भएको खेलमा पाकिस्तानले इंग्ल्यान्डमाथि ५ रनको रोमाञ्चक जित हात पारेको हो ।

यो सिजतसँग तीन खेलको टि–२० सिरिज १–१को बराबरीमा सकिएको छ । पहिलो खेल वर्षाल रद्द भएको थियो भने दोस्रो खेलमा इंग्ल्यान्ड ५ विकेटले विजयी भएको थियो । तीन खेलको टेस्ट सिरिज भने इंग्ल्यान्डले १–०ले जितेको थियो ।

पहिला ब्याटिङ गदैए पाकिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । इंग्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ६१ रन बनाउँदा टम बान्टोनले ४६ र साम बिलिङ्सले २६ रन बनाए । पाकिस्तानका साहिन साह अफ्रिदी र वाहब रियाजले २–२ विकेट लिए भने इमद वासिम र हरिस रउफले समान १ विकेट लिए ।

अनुभवी खेलाडी मोहम्मद हाफिज र डेब्यू गरिरहेका हैदर अलीले उत्कृष्ट ब्याटिङ गरेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९० रन बनायो । उसका लागि मोहम्मद हफिजले अविजित ८६ रन बनाए भने डेब्यु गरेका हैदर अलीले ५४ रन बनाए । हाफिजसले ५२ बल खेल्दै ४ चौका र ६ छक्का प्रहार गर्दा अलीले ३३ बलमा ५ चौका र २ छक्का प्रहार गरे । इंग्ल्यान्डका लागि क्रिस जोर्डनले २ र मोइन अलीले १ विकेट लिए ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *