अफगानिस्तानका पूर्वओपनर मोहम्मद साहजादले नेपाली फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । उनलाई सोमपाल कामी कप्तान रहेको चितवन टाइगर्सले अनुबन्ध गरेको हो।
कोरोनाका कारण इपिएल रोकिनुअघि पनि चितवनले साहजादलाई अनुबन्धन गरेको थियो। अहिले सोही अनुबन्धनलाई निरन्तरता दिइएको चितवनका अप्रेसन डाइरेक्टर विनिता चौधरी भट्टराई बताइन्। गत वर्ष जहा टुंगिएको थियो, त्यहीबाट साहजादलाई निरन्तरता दिन पाउँदा आफूहरु उत्साहित भएको उनले बताइन्।
साहजाद पछिल्लो समय अफगानिस्तानको टिममा छैनन् । सन् २०१८मा इंग्ल्यान्डमा भएको विश्वकप दौरान घाइते भएपछि अफगान टिमबाट बाहिरिएका थिए । त्यसपछि क्रिकेट बोर्डसँग विवादमा आएपछि उनलाई सन् २०१९ अगस्त १८ मा अफगान क्रिकेट बोर्डले १ वर्ष प्रतिबन्ध लगाएको थियो ।
साहजादले राष्ट्रिय टिमबाट २ टेस्ट, ८४ एकदिवसिय, ६५ टि–२० खेल खेलेका छन् । जसमा उनले टेस्टमा ६९ रन बनाउँदा एकदिवसियमा ६ शतक र १४ अर्धशतक मद्दतमा २७२७ रन बनाएका छन् । यस्तै उनले १ शतक र १२ अर्धशतक मद्दतमा १९३६ रन बनाएका छन् । टि–२०मा उनको उच्च स्कोर ११८ हो ।
साहजादसँगै चितवनले पाकिस्तानका दासिन अजिजलाई अनुबन्धन गरेको छ। अन्य टिमले विदेशका स्टार क्रिकेटर अनुबन्धन गरिरहेका छन्। पाकिस्तान साहिद अफ्रिदी, सोएब मल्लिक, श्रीलंकाका दिनेश चण्डिमल, वेस्टइन्डिजका कार्लोस ब्रेथवेटले इपिएल खेल्ने टुंगो लागिसकेको छ।
प्रतियोगिता असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानमा आयोजना हुनेछ। आईसिसी र क्यानबाट मान्यता पाइसकेको प्रतियोगितामा विभिन्न ६ शहरका ६ टिम सहगभागी हुनेछन्।
जसमा ललितपुर प्याट्रिओट्स, भैरहवा ग्लाडिटयर्स, काठमाडौं किंग्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्स छन्।