धारिलो बलिङको मद्दतले लखनउ सुपर जायन्ट्सले शुक्रबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा पञ्जाव किंग्सलाई २० रनले पराजित गरेको छ । लखनउले पहिले ब्याटिङ गर्दै आठ विकेटमा १ सय ५३ रन बनाएको थियो ।
मध्यम लक्ष्यलाई रक्षा गर्ने क्रममा लखनउका लागि दुशमन्त चमिरा, मोसिन खान र क्रुनाल पान्ड्याले कसिकसाउ बलिङ गरे र शक्तिशाली ब्याटरले भरिएको पञ्जावले २० ओभरमा आठ विकेट गुमाएर १ सय ३३ रन मात्र बनाउन सक्यो ।
उनीहरूले एक आपसमा सात विकेट लिए । पञ्जावका लागि जोनी बियरस्टोले बनाएको ३२ रनले नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । त्यस अगाडि लनखउका लागि क्विन्टन डे ककले ३७ बलमा ४६ रन बनाए ।
यो जितपछि लखनउको १२ अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ । पञ्जाव आठ अंकमा सातौं स्थानमा रहेको छ ।