°
, June 1, 2023 in
0

लिग वान : लिले र मोनाको विजयी

SHARE:

फ्रेन्च लिग वानमा आइतबार साँझ भएका दुई खेलमा लिले र मोनाको विजयी भएका छन् । आइतबार भएको खेलमा लिलेले रेइम्स र मोनाकोले मेट्सलाई समान १–०ले पराजित गरे ।

रेइम्सको मैदानमा भएको खेलमा लिलेलाई जित दिलाउन जोनाथन बाम्बाले निर्णायक गोल गरे । उनले ३२औं मिनेटमा गोल गरेका थिए । त्यसपछि खेलमा कुनै गोल नहुँदा लिले विजयी भयो । अघिल्लो खेलमा बराबरीमा रोकिएको लिलेको यो पहिलो जित हो ।

यस्तै, आइतबार साँझ नै भएको खेलमा १० खेलाडीमा सीमित मोनाकोले मेट्जलाई १–०ले हरायो । बेनो बाडिओसिलेले २२औं मिनेटमा गोल गर्दै मोनाकोलाई अग्रता दिलाए । दोस्रो हाफको सुरुवातमै मोनाको १० खेलाडीमा सीमित भयो ।

४६औं मिनेटमा युसुफ फोफाना दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि मोकोना दबाबमा परेको थियो । त्यसपछि मेट्जले निरन्तर आक्रमण गरेको थियो । मोनाकोका किपरले उत्कृष्ट प्रदर्शन गरेपछि मेट्ज निराश भएको थियो ।

खेलमा मेट्जसले ५५ प्रतिशत बल पोजेसन बनाउँदै मोनाकोको पोस्टका १४ सट प्रहार गरेको थियो, जसमा ४ सट फ्रेममा थियो । मोनाकोले ३ सट प्रहार गर्दा २ सट फ्रेममा थियो । मोनाकोको पनि यो पहिलो जित हो ।

यसैगरी आइतबार राति नै भएका अन्य खेलमा सेन्ट इटिनेले लोरिन्टलाई २–०ले, बोर्डेअक्सले एन्जर्सलाई २–०ले र नान्टेसले निमेसलाई २–१ले पराजित गरेका छन् ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *