°
, June 4, 2023 in

मोन्टी देसाई भन्छन्– भारत र रणजी ट्रफी खेल्न पाए नेपालले चार वर्षमा टेस्ट खेल्छ

SHARE:

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले नेपाली टिमलाई भारत र रणजी ट्रफी खेल्न अनुमति दिनुपर्ने बताएका छन्। भारतीय मिडियासँग कुरा गर्दै उनले भारत र रणजी ट्रफी खेल्न पाए नेपाल चार वर्षमा टेष्ट खेल्ने राष्ट्र हुने दाबी पनि गरे।

नेपालको प्रशिक्षक बनेपछि आईसीसी क्रिकेट विश्वकप लिग टु मा १२ मध्ये ११ खेल जिताएर नेपाललाई विश्वकप क्वालिफायरमा छनोट गराएपछि देसाइले यस्तो बताएका हुन्। देसाइले यसबारे बीसीसीआईका सचिव तथा एसीसीका अध्यक्ष जय शाहलाई भनेको समेत बताएका छन् ।

उनले नेपालसँगै खेल्न सुरु गरेको अफगानिस्तानसहित सबै छिमेकी राष्ट्र टेस्ट मान्यता प्राप्त गरिसकेको बताउँदै उनले भनेका छन्, ‘मैले आईसीसी र जय भाइलाई यसबारे भनेको छु । जब स्कटल्यान्ड र आयरल्यान्डका खेलाडीले इंग्ल्यान्डमा खेल्छन्, हाम्रो टोलीलाई भारत र रणजी ट्रफी खेल्न अनुमति दिनुपर्छ।’

भारतको पहिलो श्रेणीको क्रिकेट प्रतियोगिता रणजी ट्रफीमा ३८ टोलीले प्रतिस्पर्धा गर्छन् । यहफ गरेको प्रदर्शनका आधारमा भारतको टेष्ट टोलीमा मान्यता बनाउनेछन् ।

SHARE: