°
, June 4, 2023 in

मोन्टी देसाईले थाले प्रशिक्षण, नियुक्ति हुन बाँकी

SHARE:

भारतीय प्रशिक्षक मोन्टी देसाईले नेपाली राष्ट्रिय टिमलाई प्रशिक्षण दिन थालेका छन्। देसाईले आजबाट बन्द प्रशिक्षणमा सहगाभी भएका हुन्।

देसाई खेलाडी प्रशिक्षण दिन थाले पनि उनको मुख्य प्रशिक्षकका रुपमा नियुक्त हुन भने बाँकी नै छ। प्रशिक्षक नियुक्तिको प्रक्रिया ढिलाई भएपनि देसाईले प्रशिक्षक थालेका हुन्।

नेपाली टिमको मुख्य प्रशिक्षक बन्ने पक्का भएपनि उनी केही दिनअघि नै काठमाडौं आएका थिए। तर, उनको नियुक्तिको लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्वीकृति दिएको छैन।

क्यानका क्रिकेट म्यानेजर विनोद दासले देसाईले आधिकारिक प्रशिक्षण सुरु गरेको नभई उनलाई विज्ञका रुपमा बोलाइएकाले प्रशिक्षण सुरु गरेको बताए । ‘उहाँले नियुक्ति पाउनुभएको छैन । तर, त्यसकै कारणले प्रशिक्षण रोकेर कुर्ने समय नभएको हुनाले उहाँलाई विज्ञका रुपमा बोलाइएको हो,’ उनले भने।

घरेलु मैदानमा स्कटल्यान्ड र नामिबिसासँग हुने त्रिकोणात्मक सिरिजका नेपाली क्यानले २८ खेलाडीलाई बोलाएर बन्द प्रशिक्षण थालेको छ।

सिरिज कीर्तिपुरस्थित टियू मैदानमा आगामी फेब्रुअरी १४ बाट सुरु हुनेछ। सोही दिन नेपालले नामिबियासँग खेल्नेछ।

यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ भने तेस्रो खेल नामिबियासँग फेब्रुअरी १८ र अन्तिम खेल पुनः स्कटल्यान्डसँग फेब्रुअरी २१मा खेलने छ।

स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा छ भने नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा छ । नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा छ।

SHARE: