सन्दीपलाई टिममा राख्ने संकेत गर्दै देसाईले भने– टिमलाई उनी जस्तो खेलाडीको खाँचो छ

Read Time:2 Minute

नेपाली राष्ट्रिय टिमका नवनियुक्त मुख्य प्रशिक्षक मोन्टी देसाईले बलात्कार आरोप लागेपछि लामो समय टिम बाहिर रहेका सन्दीप लामिछाने टिममा फर्कने संकेत गरेका छन्।

मुख्य प्रशिक्षक नियुक्त भएपछि आयोजित पत्रकार सम्मेलनमा देसाईले सन्दीपजस्ता खेलाडी टिमलाई खाँचो भएको बताएका छन्। ‘सन्दीपको खेललाई राम्रोसँग बुझेर उनलाई टिममा राखेको हो,’ उनले भने, ‘सन्दीपको केस बारेमा पनि बुझेको छु। उनी टिममा पर्छन्। उनी जस्तो खेलाडी टिमलाई खाँचो छ ।’

युवा तथा खेलकदु मन्त्रालय र राखेपले मुख्य प्रशिक्षक नियुक्त गर्न क्यानलाई स्वीकृति दिएपछि आजै देसाई मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। तर, उनले एक साता अघिदेखि नेपाली टिमलाई प्रशिक्षण दिइरहेका थिए।

पत्रकार सम्मेलनमा उनले टिममा फर्कन सन्दीप तयार भइरहेको पनि बताए। ‘सन्दीप कसरी मैदान फर्कन्छन् भन्ने महत्वपूर्ण थियो, तर उनी मैदानमा आफ्नो भूमिका र शीपमा पूर्ण उपस्थित देखिन्छन्,’ मुख्य प्रशिक्षक देसाईले भने, ‘टिमले पनि उनलाई राम्रोसँग ग्रहण गरिरहेको छ। उनलाई थाहा छ आफुले के गर्छुपर्छ भनेर त्यो भनेको बलिङ हो।’

अहिले नेपाली टिम कुन परिस्थितीमा चलिरहेको भन्नेबारे आफू जानकार भएको बताउँदै उनले टिम एक ढिक्का हुनुको विकल्प नभएको बताए । उनले आफूले राम्रो र खुशी ड्रेसिङ रुम चाहेको बताए।

Happy
Happy
89 %
Sad
Sad
0 %
Excited
Excited
11 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एक्सेल्सियर कप : रेडिअन्ट र ओएसिस सेमिफाइनलमा
Next post यू–२० महिला साफ : जित्दै पर्ने दबाबबीच भारतसँग भिड्दै नेपाल
Close